Wednesday, October 11, 2017
Friday, October 6, 2017
राजपा र फोरमको बन्यो नयाँ गठबन्धन (विज्ञप्तिसहित)
राजपा र फोरमको बन्यो नयाँ गठबन्धन (विज्ञप्तिसहित)
काठमाडौं– आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)र संघीय समाजबादी फोरम नेपालबीच चुनावी गठबन्धन बनाउने सहमति भएको छ ।
राजपा संयोजक महन्थ ठाकुर र फोरम अध्यक्ष उपेन्द्र यादवले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै दुवै दल निर्वाचनमा साझा उम्मेदवार उठाउन सहमत भएको जनाएका हुन् ।
जारी विज्ञप्तिमा अन्य पार्टी, मोर्चा वा गठबन्धनमा तालमेल गर्नुपरे संयुक्त रुपमा सहभागि हुने उल्लेख छ । राजपा र फोरमको नयाँ निर्णयसँगै नेपाली कांग्रेसको नेतृत्वमा बन्ने भनिएको लोकतान्त्रिक गठबनधन कमजोर बन्ने देखिएको छ ।
राजपा संयोजक महन्थ ठाकुर र फोरम अध्यक्ष उपेन्द्र यादवले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै दुवै दल निर्वाचनमा साझा उम्मेदवार उठाउन सहमत भएको जनाएका हुन् ।
जारी विज्ञप्तिमा अन्य पार्टी, मोर्चा वा गठबन्धनमा तालमेल गर्नुपरे संयुक्त रुपमा सहभागि हुने उल्लेख छ । राजपा र फोरमको नयाँ निर्णयसँगै नेपाली कांग्रेसको नेतृत्वमा बन्ने भनिएको लोकतान्त्रिक गठबनधन कमजोर बन्ने देखिएको छ ।
नारायणगढ–मुग्लिन सडक किनाराका ३७ घरधुरीले मुआब्जा बुझे
नारायणगढ–मुग्लिन सडक किनारामा बसोबास गरिरहेका ३७ घरधुरीले मुआब्जा बुझेका छन् ।
उक्त स्थानमा पहिरोको उच्च जोखिममा परेका ४५ वटा घर स्थानान्तरणको प्रक्रिया अन्तर्गत पहिलो किस्ताको मुआब्जा वितरणको प्रक्रिया थालिएको हो ।
जिल्ला प्रशासन कार्यालय चितवनले दिएको जानकारीअनुसार पहिलो चरणको मुआब्जा वितरणको काम अन्तिमचरणमा पुगेको छ । उनीहरुलाई दुई किस्तामा गरी मुआब्जा वितरण गरिँदै छ । पहिलो किस्ता मूल्यांकनको ३३ प्रतिशत र दोस्रो किस्तामा ६६ प्रतिशत रकम वितरण गर्ने योजना रहेको छ ।
अहिलेसम्म ४५ घरमध्ये ३७ घरपरिवारले मुआब्जाबापतको रकम लिएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए। उनका अनुसार हालसम्म ३७ लाख ७३ हजार २५ रुपैयाँ वितरण गरिसकिएको छ । पहिलो चरणको मुआब्जा वितरणका लागि बाँकी रहेका – ८ घरको १० लाख ३२ हजार ८४२ रुपैयाँ पनि तिहार अघि नै वितरण गरिने उनले जानकारी दिए।
मुआब्जा निर्धारण समितिले गठन गरेको उपसमितिका संयोजक समेत रहेका शर्माले पहिलो चरणको ३३ प्रतिशत रकम बुझिसकेपछि बाँकी रकम भुक्तानी लिन आउँदा सडक छेउमा रहेको घर टहरा उठाइसकेको प्रमाण लिएर आउनुपर्ने बताए। उनका अनुसार ती घरपरिवारलाई समितिले एक करोड ४४ लाख १४ हजार ६०६ रुपैयाँ मुआब्जा निर्धारण गरेको छ ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार ४५ वटा घर, गोठ, शौचालय, पसल लगायतको मुआब्जा १ करोड ४४ लाख १४ हजार ६ सय ६ रुपैयाँ निर्धारण गरिएको छ । विश्व बैंकको सहयोगमा सडक निर्माण भईरहेकाले अहिले भएको संरचना भन्दा स्तरीय संरचना निर्माण गर्न बजेट पुग्ने गरी मुआब्जा निर्धारण गरिएको मुआव्जा निर्धारण उपसमितिका संयोजक शर्माले बताए।
यसका अतिरिक्त विस्थापन भत्ता प्रतिघर २० हजार रुपैयाँ, अर्को घर नवन्दा सम्मका लागि भाडा रकम १० हजार रुपैयाँ, हाल व्यवसाय भए अर्को व्यवसाय नथालेसम्मका लागि १० हजार रुपैयाँ र दलित जनजाति भएमा थप १० हजार रुपैयाँ समेत दिईने व्यवस्था छ । त्यसका लागि मात्र २० लाख ८० हजार रुपैयाँ वितरण गरिदै छ ।
सडक विस्तारका क्रममा ठाउँठाउँमा पहिरो खसेको र कतिपय ठाउँमा सडक चौडा बनाउँदा उनीहरूलाई स्थानान्तरण गर्नु परेको हो ।
६ दलीय गठबन्धनको कार्यदलमा ८ नाम सिफारिस, पहिलो बैठक बस्दै
६ दलीय गठबन्धनको कार्यदलमा ८ नाम सिफारिस, पहिलो बैठक बस्दै
कांग्रेससहितका ६ दलद्वारा चुनावी तालमेलको योजना बनाउन गठित कार्यदलको पहिलो बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ।
बुधबार साँझ बसेको ६ दलका शीर्ष नेताको बैठकले उक्त कार्यदल गठन गरेको थियो। कार्यदलका सदस्यको नाम भने बल्ल आज टुंगो लागेको छ।
कार्यदलमा नेपाली काँग्रेसका तीन जनासहित ८ जना छन्।
काँग्रेसका विमलेन्द्र निधि र मिनेन्द्र रिजाल, पूर्ण बहादुर खड्का, राजपाका सर्वेन्द्रनाथ शुक्ला, संघीय समाजवादी फोरमका रामसहाय यादव, नेपाल लोकतान्त्रिक फोरमका गोपाल दहित, राप्रपका बुद्धिमान तामाङ र र राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डे उक्त कार्यदलमा छन्।
६ दलको कार्यदलले कसरी र कहाँ-कहाँ तालमेल गर्नेबारे टुंगो लगाउने भनिएको छ।
बुधबार साँझ यी ६ दलका शीर्ष नेताहरुको बैठकले कार्यदल बनाएर तालमेलबारे टुंगो लगाउने समझदारी गरेका थिए।
सत्तारुढ दल माओवादी केन्द्र र एमाले एकतापछि काँग्रेसको पहलमा ६ दलीय गठबन्धन बन्ने समझदारी भएको थियो।
अर्घाखाँचीमा बस दुर्घटना:२ को मृत्यु, ३० जनाभन्दा बढी घाइते
अर्घाखाँचीमा बस दुर्घटना:२ को मृत्यु, ३० जनाभन्दा बढी घाइते
अर्घाखाँचीको मालारानी ३ मा लु १ ख ७५१८ बस दुर्घटना हुँदा २ जनाको मृत्यु छ भने ३० जनाभन्दा बढी घाइते भएका छन् ।
मृत्यु हुनेमा मालारानी ३ का १० वर्षिय अभियान आचार्यको परिचय खुलेको छ भने अर्की अन्दाजी ३० वर्षिया महिला रहेको बताइएको छ । १० जनाको अवस्था गम्भीर रहेको छ ।
बस सडकभन्दा १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास लगिदैँ छ ।
माओवादीबारे ‘पर्ख र हेर’को मनस्थितिमा देउवा
माओवादीबारे ‘पर्ख र हेर’को मनस्थितिमा देउवा
सत्ता साझेदार माओवादी केन्द्रले प्रमुख प्रतीपक्षी दल एमालेसँग चुनावी तालमेल र पार्टी नै एकीकरण गर्ने निर्णय गरेपछिको नेपाली कांग्रेस केन्द्रीय समितिको बालुवाटारमा सुरू भएको पहिलो बैठक अपरान्ह चार बजेसम्मका लागि स्थगित भएको छ।
वाम तालमेलले उत्पन्न परिस्थिति, माओवादीलाई सरकारमा राख्ने/नराख्ने, कांग्रेसले आफ्नो नेतृत्वमा बनाउन पहल गरेको गठबन्धन र चुनावी रणनीतिबारे बैठकमा छलफल हुने कांग्रेस नेताहरुले बताएका छन्।
माओवादीले एमालेसँग गठबन्धन गर्ने सार्वजनिक गरेपछि कांग्रेसभित्र तत्काल दुई विषयमा दबाब परेको छ– आगामी संसद र प्रदेशको निर्वाचनमा वाम गठबन्धनसँग प्रतिष्पर्धा गर्न मिलेसम्मका पार्टीलाई लिएर अर्को गठबन्धन तयार गर्नुपर्ने र माओवादीलाई सरकारबाट निकाल्नु पर्ने।
दुई प्रमुख वाम पार्टीहरुले गठबन्धन अगाडि बढाए पनि तत्काल सरकार फेर्न पहल नगर्ने निर्णय गरिसकेका छन्। माओवादी सरकारमै रहेर चुनाव लड्ने पक्षमा छ। कांग्रेसभित्र भने कतिपयले प्रतीपक्षीसँग गठबन्धन गरिसकेपछि माओवादीले सरकार छोड्नुपर्ने नत्र उसलाई सरकारबाट हटाउनु पर्ने आवाज उठाएका छन्।
कांग्रेसका युवा नेता गगन थापा, नारायण खड्का, अर्जुननरसिंह केसीलगायतले माओवादीले सरकार छोड्नु पर्ने सार्वजनिक रूपमै बोलेका छन्। माओवादीकै गृहमन्त्री राखेर चुनाव जानु एमाले–माओवादी गठबन्धनलाई सहयोग पुर्याउनु हो भन्दै माओवादीलाई सरकारबाट हटाउनु पर्ने तर्क पार्टीभित्र गर्ने अरु धेरै नेता/कार्यकर्ता छन्। माओवादी बाहेक पनि सरकारलाई बहुमत पुग्ने भएपछि उसलाई किन सरकार राख्ने भन्ने उनीहरु तर्क छ।
प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा भने तत्काल माओवादीलाई सरकारबाट हटाउने पक्षमा छैनन्। ‘उहाँ पर्ख र हेरको मनस्थितिमा हुनुहुन्छ,’ देउवानिकट एक नेताले सेतोपाटीसँग भने।
एमाले–माओवादी गठबन्धन गर्ने निर्णय सार्वजनिक भएयता मन्त्रिपरिषद्को बैठक बसेको छैन।
‘माओवादी मन्त्रीहरू मन्त्रिपरिषद् बैठकमा आउँछन् आउँदैनन्, आएर के भन्छन् वा कस्तो व्यवहार गर्छन् प्रधानमन्त्री हेर्ने पक्षमा हुनुहुन्छ,’ एक मन्त्रीले भने।
माओवादीलाई सरकारबाट हटायो भने माओवादी एमाले मिलेर अविश्वासको प्रस्ताव ल्याउँछन् /ल्याउँदैनन् भन्ने विषयमा पनि कांग्रेसभित्र छलफल भएको छ। अविश्वासको प्रस्तावतिर लाग्दा समय लम्बिने र सरकार गठन र बिघटनको प्रक्रियाले चुनाव प्रभावित हुन सक्ने विश्लेषणका कारण माओवादी र एमालेले अहिले सरकार नफेर्ने निर्णय गरेको कांग्रेसको बुझाइ रहेको कांग्रेस एक नेताले बताए।
‘केही समय कुर्यो भने माओवादी र एमालेबीचको चुनावी तालमेल र एकीकरण प्रक्रिया कसरी अगाडि बढ्छ/बढ्दैन त्यो पनि एकीन हुन्छ,’ ती नेताले भने, ‘त्यसैले प्रधानमन्त्री हतार गर्ने पक्षमा हुनुहुन्न।’
माओवादीलाई सरकारबाट हटाउनै पर्ने निष्कर्षमा प्रधानमन्त्री देउवा पुगे भने पनि कात्तिक ५ गते संसदको अवधि सकिनुअगाडि त्यस्तो कदम चाल्ने सम्भावना कम छ।
काँग्रेसको सहयोगबिना प्रचण्डले चितवन-३ जित्छन्?
काँग्रेसको सहयोगबिना प्रचण्डले चितवन-३ जित्छन्?
नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवन क्षेत्र नम्बर-३ बाट संसदीय निर्वाचन लड्ने घोषणा गरिसकेका छन्।
उनले चितवनबाट निर्वाचन लड्ने घोषणा गर्दै गर्दा माओवादी काँग्रेससँग गठबन्धनमा थियो। काँग्रेस-माओवादीबीच संसदीय चुनावमा पनि तालमेल हुने चर्चा थियो। धेरैलाई लागेको थियो, चितवन क्षेत्र नम्बर ३ मा काँग्रेसले प्रचण्डलाई साथ दिनेछ, किनकि प्रचण्डकी छोरी रेणु दाहाललाई मेयरमा निर्वाचित गराउन उसले साथ दिएको थियो। चितवनको यो क्षेत्रमा परम्परागत रुपमै काँग्रेस बलियो छ।
२०७० सालको संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर ४ बाट काँग्रेस सभापति सुशील कोइराला निर्वाचित भएका थिए। २०६४ सालमा बाँकेबाट चुनाव हारेका कोइराला सुरक्षित निर्वाचन क्षेत्र खोज्दै ०७० सालमा चितवनबाट पनि उठेका थिए।
अहिले परिस्थिति फेरिएको छ। एमाले-माओवादी चुनावी गठबन्धन मात्र भएको छैन, उनीहरुले पार्टी एकता नै गर्ने निर्णय गरेका छन्। यता, काँग्रेस-माओवादी सम्बन्ध चिसिएको छ।
यो अवस्थामा प्रचण्डले चितवन-३ बाट चुनाव जित्छन्?
यो प्रश्नको उत्तर खोज्न सबभन्दा पहिले पछिल्लो स्थानीय चुनावमा यो क्षेत्रमा काँग्रेस, एमाले र माओवादी पक्षमा खसेका मत विश्लेषण गर्नुपर्छ।
०७० सालको चुनावमा चितवनमा जम्मा ५ निर्वाचन क्षेत्र थिए। अब आउने निर्वाचनमा तीन क्षेत्र मात्र कायम छन्। तीन नम्बर क्षेत्रमा भरतपुर महानगरपालिकाका १९ वटा वडा- ६, ८, ९, १३, १४, ५, १६, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७ र २८ पर्छन्। त्यसबाहेक ९ वटा वडा भएको माडी नगरपालिका पनि तीन नम्बरमै पर्छ ।
भरतपुर महानगरका यी १९ वटा वडामध्ये काँग्रेसले १० वटा वडा स्थानीय तह निर्वाचनमा जितेको छ। ६ वटा वडा एमालेले जितेको छ भने ३ वडा माओवादीले जितेको छ।
माडी नगरपालिकाको मेयरमा माओवादी र उपमेयरमा एमाले विजयी भएको छ। यो नगरपालिकामा एमालेले ५ वटा वडामा जितेको छ भने माओवादीले ३ र काँग्रेसले १ मा जितेका छन् ।
भरतपुर महानगरपालिकाका यी १९ वटा वडामा नेपाली काँग्रेस वडाध्यक्ष उम्मेदवारले जम्मा २३ हजार ४ सय ८५ मत पाएका थिए। यी वडामा एमाले उम्मेदवारले २० हजार ८ सय ४३ र माओवादी केन्द्र उम्मेदवारले १३ हजार ७ सय ५१ मत पाएका थिए।
एमाले र माओवादी उम्मेदवारले वडा तहमा पाएको मत जोड्दा यी १९ वडामा ३४ हजार ५ सय ९५ मत पुग्छ। जबकी यिनै वडामा काँग्रेसको जम्मा २३ हजार ४ सय ८५ मत मात्र छ।
यो क्षेत्रमा पर्ने माडी नगरपालिकाको ९ वटा वडामा काँग्रेसले जम्मा ३ हजार ४ सय ३६ मत पाएको थियो। एमालेले ४ हजार २ सय ३८ र माओवादीले ३ हजार ७ सय ६६ मत पाएको थियो ।
एमाले र माओवादी वडा अध्यक्ष उम्मेदवारहरुले पाएको मत जोड्ने हो भने ८ हजार २ मत हुन्छ ।
यसरी हेर्दा चितवन क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने भरतपुर महानगरपालिकाका १९ वडा र माडी नगरपालिकाका ९ वडामा काँग्रेसले जम्मा २६ हजार ९ सय २१ पाएको छ।
यी वडामा माओवादी र एमाले उम्मेदवारहरुले पाएको मत जोड्दा ४२ हजार ५ सय ९५ हुन आउँछ।
तीन नम्बर क्षेत्रमा पर्ने यी वडामा राप्रपाको पनि ८ हजार ३ सय २२ मत छ।
काँग्रेस र राप्रपा एउटै गठबन्धनमा बसे भने यसको पक्षमा ३४ हजार मत हुन्छ।
पछिल्लो स्थानीय चुनावमा जसले माओवादी र एमालेलाई मत दिए, ती सबैले आउने चुनावमा प्रचण्डलाई नै मत दिन्छन् भन्ने छैन। त्यस्तै काँग्रेस-राप्रपाले पाएको भोट पनि यी दुई पार्टीको संयुक्त उम्मेदवार बन्यो भने उसैले पाउँछ भन्ने पनि छैन।
मतदाताले पार्टी मात्र नभएर उम्मेदवार पनि हेर्छन्। उम्मेदवारका हिसाबले प्रचण्ड सबभन्दा शक्तिशाली हुने नै छन्। ती मतदाता जसले रेणुलाई मत दिएर जिताए, उनले प्रचण्डलाई मत दिन्नन् भन्ने कुनै बलियो आधार छैन।
त्यसैले चितवन ३ बाट प्रचण्ड उठे भने उनी त्यो क्षेत्रको बलियो दावेदार हुनेछन् र चुनाव जित्ने सम्भावना बलियो हुनेछ।
राजपा र फोरमबीच चुनावमा तालमेल गर्ने सहमति
राजपा र फोरमबीच चुनावमा तालमेल गर्ने सहमति

मधेस केन्द्रीत दुई दल संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालबीच आगामी केन्द्र र प्रदेशको चुनावमा साझा उम्मेदवार बनाउने सहमति भएको छ।
राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र फोरम अध्यक्ष उपेन्द्र यादवले शुक्रबार विज्ञप्ति जारी गर्दै आगामी चुनावमा साझा उम्मेदवार उठाउने र अन्य पार्टीसँग चुनावी तालमेल गर्नुपर्ने भए दुबै पार्टी सहभागी हुने सहमति भएको उल्लेख गरेका छन्।
राजपा नेता केशव झाले दुबै पार्टीबीच चुनावमा तालमेल गर्ने सहमति भएको बताए। ‘केन्द्र र प्रदेशको चुनावमा तालमेल गर्ने सहमति भएको छ,’ झाले भने, ‘दुबै पार्टीको चुनाव चिन्ह फरक फरक हुन्छ तर एउटाको उम्मेदवार भएको ठाउँमा अर्काको उम्मेदवार हुँदैनन्।’
यसअघि यी दुई दल नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा बनाउन लागेको लोकतान्त्रिक गठबन्धनमा सहभागी हुने तयारीमा थिए। लोकतान्त्रिक गठबन्धनका लागि बनेको छ पार्टीको कार्यदलमा पनि दुबै पार्टीका प्रतिनिधि सहभागी थिए।
नेपाली मुलका वीरराधा शेर्पाले जिते भारतीय रियालिटी शो ’डान्स प्लस’ को उपाधि
काठमाडौं । भारतीय टेलिभिजन स्टारप्लसबाट प्रसारित रियालिटी शो ’डान्स प्लस’ को तेस्रो संस्करणको उपाधि वीरराधा शेर्पाले जितेका छन् । डान्स शोको शनिवार सम्पन्न फाइनल प्रतियोगितामा १८ वर्षीय वीरराधा शेर्पा च्याम्पियन घोषित भएका हुन् । फाइनल शो टेलिभिजनमा भने आइतवार राति मात्र प्रसारण हुनेछ ।
च्याम्पियन घोषित शेर्पाले नगद भा रु. २५ लाख, हुन्डाई इलाइट गाडी, ओप्पो फोन, अमेजोन गिफ्ट भौचर लगायत पुरस्कार पाएका छन् । टप ४ बाट च्याम्पियन छानिएको फाइनल राउण्डमा शेर्पासंगै अमरदीप सिंह, आर्यन पत्र तरुण र शिवानी प्रतिष्पर्धीका रुपमा रहेका थिए ।
पुनित पाठकको ग्याङ्गका शेर्पाले बिबोइङ्ग र कन्टेम्पोररी स्टाइलले सबैलाई मोहित बनाएका थिए । च्यापियन बनेपछि उनले शोको टिम,गुरु, परिवार, दर्शक लगायत सबैलाई धन्यवाद दिंदै यति धेरै मायाँ पाउँदा, आफै अचम्भित भएको बताएका छन् ।
स्टार प्लसबाट आउने ’डान्स प्लस’ मा धर्मेश, शक्ति मोहन र पुनित जज थिए भने रिमो डिसुजा सुपर जज रहेका थिए । कार्यक्रमलाई स्लो मोसन डान्सले नाम कमाएका कक्रोज उर्फ राघवले होस्ट गर्दै आएका थिए
यु १९ एसिया कप छनौट फाइनल: हङकङमाथि नेपालको शानदार जित, नेपालले धेरै समयपछि कप भित्र्यायो
काठमाडौं, असोज १ – यु १९ एसिया कप छनौटको फाइनल खेलमा ७७ रनको विजयी लक्ष्यसहित ब्याटिङमा उत्रेको नेपालले हङकङमाथि पाँच विकेटको जित हासिल गरेको छ । नेपालले १४ ओभर ४ बलमा पाँच विकेट गुमाई ७९ रन बनायो ।
नेपालका लागि प्रनित थापा मगरले दुई छक्कासहित नटआउट १९ रन, सन्दिप सुनारले १९, अनिल कुमार साहले १६, दिपेन्द्र सिंह ऐरीले २२ रन बनाए । हङकङका लागि हरप्रतीत सिंहले ३ विकेट र जाथवेदले २ विकेट लिए ।
यसअघि टस हारेर हङकङले ३२ ओभर १ बलमा आफ्ना सबै विकेट गुमाउँदै ७६ रन बनाएको हो । हङकङका लागि हरप्रीत सिंहले ४५ बलमा २० रन, जाथवेदले ३२ बलमा १६ रन र वकास खानले ३८ बलमा १५ रनको योगदान दिए । हङकङका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका लागि शाहब आलम र सन्दिप लामिछानेले तीन–तीन विकेट र अनिल कुमार साह र दिपेन्द्र सिंह ऐरीले एक–एक विकेट लिएका छन् । आजको जितसँगै मलेसियामै हुने यु १९ एसिया कप क्रिकेट प्रतियोगिताका लागि नेपाल छनौट भएको छ । साभार: उज्यालो अनलाइन |
Thursday, October 5, 2017
युरोपमा आजबाट वाइवाइ उत्पादन सुरू, सर्वियाका राष्ट्रपतिले उद्घाटन गर्ने

चौधरी ग्रुपले युरोपमा पनि वाइवाइ चाउचाउ उत्पादन सुरू गरेको छ। युरोपियन मुलुक सर्वियामा निर्मित वाइवाइको प्लान्टबाट यसअघि नै उत्पादन सुरू भइसकेपनि आजबाट औपचारिकरुपमा उद्घाटन हुने चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले जानकारी दिएका छन्।
चौधरीले आफ्नो ट्वीटरमार्फत् बिहीबार औपचारिकरुपमा ‘वाइवाइ युरोप’ सुरू हुने र सर्वियाका राष्ट्रपति अलेक्जान्डर भुचिचले यसको उद्घाटन गर्ने बताएका हुन्।
नेपालको पहिलो ब्रान्डको रुपमा वाइवाइ युरोपेली राष्ट्रबाट पनि उत्पादन भएको हो। ‘सिजी फुड्स युरोप’ नामबाट सर्वियाको रुमा सहरमा रहेको वाइवाइ प्लान्टबाट व्यवसायिकरुपमा यसको उत्पादन हुन्छ।
हाल विश्वभर वर्षमा २ अर्ब २० करोडभन्दा बढी बिक्री भइरहेको वाइवाइले विश्व तयारी चाउचाउ बजारको २.२ प्रतिशत हिस्सा ओगटेको छ। नेपालमा ६ र भारतमा आठ प्लान्टमार्फत उत्पादन भइरहेको वाइवाइले भारतीय तयारी चाउचाउ बजारमा २७ प्रतिशत हिस्सा ओगटेको छ। चौधरी ग्रुप बंगलादेश, केन्या र साउदी अरेवियामा पनि वाइवाइका प्लान्ट स्थापना गर्ने तयारीमा छ।
नेपालका एकमात्र ‘फोर्ब्स’ सूचीकृत अर्बपति विनोद चौधरीले विसं २०४१ सालमा थाइल्यान्डबाट वाइवाइ भित्र्याएका हुन्। त्यतिबेलै उनले यसको अन्तराष्ट्रिय ब्रान्ड अधिकार पनि आफूसँगै ल्याएका थिए। यो तीन दशक अवधिमा ललितपुरको भैंसेपाटीबाट सुरु भएको वाइवाइ नवलपरासीको उद्योग ग्राम हुँदै बर्दियासम्म फैलिएको छ। अब पूर्वी क्षेत्रका लागि इटहरीमा छुट्टै प्लान्ट बनाउने उनको तयारी छ।
त्यस्तै भारतमा सिक्किम (रम्पो) बाट सुरु भएको वाइवाइ उत्पादन उत्तराखण्ड (रुद्रपुर), आसाम (गुवाहाटी र सिल्चर), बिहार (पूर्णिया) हुँदै आन्द्राप्रदेश (चित्तुर) सम्म पुगिसक्यो।
सन् २०२० भित्र एसिया, युरोप, ल्याटिन अमेरिका र अफ्रिकाका १० वटा देशमा वाइवाइ उत्पादन सुरु गर्ने योजना बनाएको ग्रुपले सर्बिया लगत्तै साउदी र बंगलादेशबाट पनि उत्पादन सुरु गर्ने भएको छ।
त्यसपछि रुस, पोल्यान्ड, इरान, टर्की, मेक्सिको, इजिप्ट र केन्याबाट पनि उत्पादन सुरु गरिने र वाइवाइलाई विश्वव्यापी ब्रान्डका रूपमा स्थापित गर्ने चौधरी ग्रुपको योजना छ।
Analysis: What led to the broad left electoral alliance and what next?
Oct 5, 2017-Some incidents attain a new meaning and huge political salience in hindsight. After the then leading party CPN (Maoist) finished a distant third in the 2013 Constituent Assembly elections, I met both its top leaders--party Chairman Pushpa Kamal Dahal ‘Prachanda’ and Baburam Bhattarai, the party’s intellectual heavyweight and effectively the second in command. From the party’s viewpoint, it was an unexpected face-losing defeat.
Bhattarai, always up for deep reflections and intellectualising, can often sound more like a professor of political science than a politician who trusts his gut. He alternatively attributed his party’s downfall to a variety of reasons--lack of organisation, confusing election messages, and most notably, “our failure to capture the imagination of the urban middle class, the thinking class.”
After a two-hour long conversation, Sudheer Sharma, chief editor of Kantipur and I, in our customary ‘debriefing’ after important political visits, concluded that “Dr Saab is lost.” We also sensed his deep unease in fitting into the Maoist ideology of ‘people’s war’, a doctrine he had been instrumental in espousing and executing.
It’s easier to read Dahal’s mind. He is given far less to intellectualising, though he does sometimes indulge in Marxist dialectics to explain his erratic behavior. In Orwellian terms, a lot can be justified if you attribute your shortcomings as being “in the interest of the people.”
But unlike Bhattarai, Dahal this time seemed far more accepting of the fact that his party had indeed fared badly in the elections and that was that. No matter how hard I tried to push him, the party chairman refused to delve into his plans of reviving his party and his lost aura as the most dominant leader in Nepal’s post-2006 political landscape.
Both Dahal and Baburam, however, had one common thing to share: Instead of attacking the CPN-UML, they heaped a lot of praise on Oli and the UML, unlike what’s customary in Nepali politics after election losses. Both praised the UML’s ‘organisational strength’ and reach into the thinking ‘middle class’.
Despite the pain of the defeat, here was a clear acknowledgement that the UML was far better poised than their own party to overcome the perils of electoral politics. I met both Dahal and Baburam separately but it didn’t take long to compare the notes and connect the dots: a common thread embodied their reflections, though Dahal faced the new set of circumstances with a greater dose of realism. It was important for him to ensure his party’s and his own survival within the given setup.
Unable to restrain myself, I once asked Dahal, “Do you see yourself joining the CPN-UML altogether in some kind of a party merger?”
Stating that his response surprised me would be an understatement. “Yes,” he said. “There is a distinct possibility. As communists, we could be working together some day.”
In my numerous on-the-record interviews and private conversations with the Maoist leaders since the peace process began in 2006, I have consistently sensed that they have been dogged by two primary questions.
नैतिकता भएकैले सरकारमा बसिरहेका छौं: नारायणकाजी श्रेष्ठ

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सरकारबाट माओवादी मन्त्री बर्खास्त गरिए नयाँ सरकार गठनको दिशामा राजनीति अगाडि बढ्ने बताएका छन्।
केही कांग्रेसी नेताहरूले माओवादी मन्त्रीलाई सरकारबाट बर्खास्त गर्नुपर्ने बताइरहेका बेला श्रेष्ठले मन्त्री हटाइए देउवा सरकार अल्पमतमा पर्ने दावी गरेका हुन्। कांग्रेस नेताहरू अर्जुन नरसिंह केसी र गगन थापाले माओवादी मन्त्रीलाई सरकारबाट बिदाई गर्नुपर्ने बताइरहेका छन्।
संसदीय व्यवस्थामा एउटै दल सत्तापक्ष र प्रतिपक्ष दुवैसँगको गठबन्धनमा रहन नहुने कांग्रेस नेताद्वयको तर्क छ। कांग्रेसकै शेखर कोइरालाले पनि नयाँ गठबन्धन निर्माणपछि नैतिकताका आधारमा माओवादीका मन्त्रीहरुले सरकार छाड्नुपर्ने बताइरहेका छन्।
नेता श्रेष्ठले भने नैतिकताकै आधारमा आफ्नो पार्टी सरकारमा रहेको बताए।
‘हामी बाचा पूरा गर्न सरकारमा बसेका हौं। शेरबहादुरको नेतृत्वमा निर्वाचन गराउन बसेका हौं। पहिला कांग्रेस समर्थनमा हामीले नेतृत्व गर्यौं, अहिले हामी निस्कँदा सरकार अल्पमतमा पर्छ’, श्रेष्ठले भने।
उनले अहिले सरकार हेरफेर र परिवर्तन गर्न वैधानिक रुपमा नमिल्ने जिकिर गरे। ‘चुनाव घोषणा भएको बेला कसैले आफैं राजीनामा दिएको अवस्थामा बाहेक मन्त्रिपरिषद हेरफेर गर्न पाइँदैन भनेर निर्वाचन आयोगले भनेको छ’, श्रेष्ठले भने, ‘हामीले नैतिकताका आधारमा शेरबहादुर सरकारलाई चुनाव गराउने बेलासम्म लैजाने भनेको हो।’
नैतिकता भएकैले सरकारमा बसिरहेका छौं: नारायणकाजी श्रेष्ठ

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सरकारबाट माओवादी मन्त्री बर्खास्त गरिए नयाँ सरकार गठनको दिशामा राजनीति अगाडि बढ्ने बताएका छन्।
केही कांग्रेसी नेताहरूले माओवादी मन्त्रीलाई सरकारबाट बर्खास्त गर्नुपर्ने बताइरहेका बेला श्रेष्ठले मन्त्री हटाइए देउवा सरकार अल्पमतमा पर्ने दावी गरेका हुन्। कांग्रेस नेताहरू अर्जुन नरसिंह केसी र गगन थापाले माओवादी मन्त्रीलाई सरकारबाट बिदाई गर्नुपर्ने बताइरहेका छन्।
संसदीय व्यवस्थामा एउटै दल सत्तापक्ष र प्रतिपक्ष दुवैसँगको गठबन्धनमा रहन नहुने कांग्रेस नेताद्वयको तर्क छ। कांग्रेसकै शेखर कोइरालाले पनि नयाँ गठबन्धन निर्माणपछि नैतिकताका आधारमा माओवादीका मन्त्रीहरुले सरकार छाड्नुपर्ने बताइरहेका छन्।
नेता श्रेष्ठले भने नैतिकताकै आधारमा आफ्नो पार्टी सरकारमा रहेको बताए।
‘हामी बाचा पूरा गर्न सरकारमा बसेका हौं। शेरबहादुरको नेतृत्वमा निर्वाचन गराउन बसेका हौं। पहिला कांग्रेस समर्थनमा हामीले नेतृत्व गर्यौं, अहिले हामी निस्कँदा सरकार अल्पमतमा पर्छ’, श्रेष्ठले भने।
उनले अहिले सरकार हेरफेर र परिवर्तन गर्न वैधानिक रुपमा नमिल्ने जिकिर गरे। ‘चुनाव घोषणा भएको बेला कसैले आफैं राजीनामा दिएको अवस्थामा बाहेक मन्त्रिपरिषद हेरफेर गर्न पाइँदैन भनेर निर्वाचन आयोगले भनेको छ’, श्रेष्ठले भने, ‘हामीले नैतिकताका आधारमा शेरबहादुर सरकारलाई चुनाव गराउने बेलासम्म लैजाने भनेको हो।’
श्रेष्ठले माओवादी केन्द्र आफैं सरकार छाडेर बाहिरिने सम्भावना नरहेको बताए। सरकारबाट माओवादी मन्त्री बर्खास्त गरे नयाँ सरकार निर्माणको दिशामा राजनीति अगाडि बढ्ने र त्यस्तो अवस्थामा निर्वाचन आयोगसँग बृहत परामर्श आवश्यक हुने उनले बताए।
‘नयाँ सरकार गठनको अवस्था बनेको खण्डमा हामीले आयोगसँग परामर्श गर्नुपर्छ। अहिले आयोग यता उता गर्न मिल्दैन,’ उनले भने, ‘हामीले छाड्ने सम्भावना छैन।’
काग्रेस म्यादीद्धारा उम्मेद्वार सिफारिस, एमाले छान्दै
म्याग्दी–मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लागि नेपाली काग्रेस म्याग्दीले उम्मेद्वारी सिफारिस गरेको छ । उम्मेद्वार बन्न चाहनेहरुको नामावाली संकलन गरि कांग्रेस जिल्ला कार्यसमितिको बैठकबाट उम्मेद्वारहरु टुङ्गो लगाएको थियो । काग्रेस म्याग्दीले प्रतिनिधि सभामा प्रत्यक्षतर्फको उम्मेद्वारमा पाटी सभापति खम्बीर गर्वुजा र युवा नेता अमृतमान शेरचन नाम सिफारिस गरेको छ ।
यसैगरि प्रदेशसभामा निर्वाचन क्षेत्र नम्वर १ बाट प्रत्यक्षमा रेशमबहादुर बानियाँ, नेत्र बहादुर महत र केबी भण्डारीलाई सिफारिस गरिएको छ । क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फको उम्मेद्वारमा क्याप्टेन अमलाल फगामीको एक्लो नाम सिफारिस गरिएको कांगँेस म्याग्दीका सभापति खम्वीर गर्वुजाले जानकारी दिए ।
काग्रेस म्याग्दीले प्रतिनिधि सभाको समानुपातिक तर्फ क्याप्टेन मिनबहादुर कार्की, बिमला गौचन, त्रिलोकचन्द्र विश्वासको नाम सिफारिस भएको छ । भने प्रदेशतर्फ क्षेत्र नम्बर १ को समानुपातिकमा मुकुन छन्त्याल, मनकुमारी विश्कर्मा र रविन्द्र गर्बुजाको नाम सिफारिस गरेको छ। क्षेत्र नम्बर २बाट समानुपातिक तर्फमा तमबहादुर थापा, डिलबहादुर केसी, दिर्घबहादुर सुनार, कमरा पटेल, उदिमबहादुर पुनको नाम केन्द्रमा पठाएको छ । यसैबिच जिल्लाबाट नेकपा माओवादी केन्द्रले प्रतिनिधि र प्रदेश सभाको लागि प्रत्यक्ष र समानुपातिक तर्फका सम्भावित उम्मेद्वारको नामावाली सिफारिस गरेको छ। भने नेकपा एमालेले उम्मेद्वार टुंगो लगाउन जिल्ला कमिटिको बैठक आजदेखि बेनीमा सुरु भएको छ ।
जाजरकोट काँग्रेसमा सर्वसम्मत
काठमाडौं– नेपाली काँग्रेस जिल्ला कार्य समिति जाजरकोटले आगामी निर्वाचनका लागि पार्टीका तर्फबाट सर्वसम्मत रुपमा उम्मेदवारको नाम टुङ्गो लगाएको छ ।
आगामी मंसिरमा हुने सङ्घ र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारको नामावली सर्वसम्मत रुपमा टुङ्गो लगाई केन्द्रीय कार्यालयमा बुझाएको जिल्ला सभापति दीपकजंग शाहले जानकारी दिए ।
एक मात्र निर्वाचन क्षेत्र भएको जाजरकोटमा पार्टीको जिल्ला कार्य समिति बैठकले सङ्घमा राजीवविक्रम शाह तथा प्रदेशमा वेदराज सिंह र दीपकजंग शाहको नाम सिफारिस गरेको हो ।
काँग्रेसमा निर्वाचनका लागि उम्मेदवार चयन गर्न चुनौती देखिने गरेको सन्दर्भमा जाजरकोट कार्यसमितिले अन्य जिल्ला कार्यसमितिलाई सकारात्मक सन्देश दिने गरी सर्वसम्मत निर्णय गरेको सभापति शाहले बताए ।
राजधानीमा भेटिएका सभापति शाहले मुलुकमा वामपन्थी शक्तिहरु एक हुन लागेको वर्तमान राजनीतिक परिस्थितिमा काँग्रेसजन मात्र होइन सम्पूर्ण लोकतान्त्रिक शक्ति एक ढिक्का भएर निर्वाचनमा होमिनुपर्ने बताए ।
‘प्रचण्डप्रति दया र सहानुभूति छ, उनी फुर्के नेता हुन्’
काठमाडौं– नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले वाम गठबन्धनलाई काउन्टर दिन नै आफूहरुले बृहत्त लोकतान्त्रिक मोर्चा बनाएको स्पष्ट पारेका छन् ।
बिहीबार काठमाडौमा आयोजित कार्यक्रममा डा. खड्काले एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्तिवीचको चुनावी तालमेललाई आफूहरुले नौलो रुपमा नलिएको बताउँदै राजनीतिक विकास क्रममा टुट्फुट र जुट भैरहने बताए । उनले भने,‘राजनीतिक धु्रवीकरणको विषयलाई यसरी उछाल्नु जरुरी छैन् ।’ उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति आफूलाई दया र सहानुभुति लागेको समेत बताए ।
उनले थपे,‘बास्तवमा मलाई प्रचण्डजीप्रति दया लागेको छ, हुन त उहाँले यो वर्षको दशैंमा(सायद २२ वर्षपछि होला टिका लगाएर साईत हेरेर माओवाद र कम्युनिज्मको सबै धर्म छोडेर चमत्कार नै गर्नुभयो ।’ जनयुद्ध र क्रान्तिको ईतिहाँस बोकेको पार्टी ४० मा खुम्चिनु भनेको क्रमिक रुपमा हराएर जानु नै हो भन्ने उनको दाबी थियो ।
बिहीबार काठमाडौमा आयोजित कार्यक्रममा डा. खड्काले एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्तिवीचको चुनावी तालमेललाई आफूहरुले नौलो रुपमा नलिएको बताउँदै राजनीतिक विकास क्रममा टुट्फुट र जुट भैरहने बताए । उनले भने,‘राजनीतिक धु्रवीकरणको विषयलाई यसरी उछाल्नु जरुरी छैन् ।’ उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति आफूलाई दया र सहानुभुति लागेको समेत बताए ।
उनले थपे,‘बास्तवमा मलाई प्रचण्डजीप्रति दया लागेको छ, हुन त उहाँले यो वर्षको दशैंमा(सायद २२ वर्षपछि होला टिका लगाएर साईत हेरेर माओवाद र कम्युनिज्मको सबै धर्म छोडेर चमत्कार नै गर्नुभयो ।’ जनयुद्ध र क्रान्तिको ईतिहाँस बोकेको पार्टी ४० मा खुम्चिनु भनेको क्रमिक रुपमा हराएर जानु नै हो भन्ने उनको दाबी थियो ।
नेता खड्काले एमाले–माओवादी केन्द्रवीचको चुनावी सहकार्य र एकताप्रयासलाई राँके भुतको संज्ञा समेत दिए । उनले थपे,‘मेरो विचारमा यो गठबन्धन लामो समय जाँदैन, चुनाव आउँदैछ, हेर्दै जानुहोला टिकट वितरणमा सबै देखिहालिन्छ।’
यद्धपी उनले वाम गठबन्धन र तीन पार्टीवीचको एकता प्रयासबाट अहिल्यै नै अत्तालि हाल्नुपर्ने अवस्था भने नरहेको जिकिर गरे ।
उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई फुर्के नेताको संज्ञा समेत दिए । उनले भने,‘उहाँ फुर्के नेताहुन्, अहिले उनमा त्यही देखियो।’
नेता खड्काले तोकिएकै मितिमा निर्वाचनहुने समेत विश्वास दिलाए ।
यद्धपी उनले वाम गठबन्धन र तीन पार्टीवीचको एकता प्रयासबाट अहिल्यै नै अत्तालि हाल्नुपर्ने अवस्था भने नरहेको जिकिर गरे ।
उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई फुर्के नेताको संज्ञा समेत दिए । उनले भने,‘उहाँ फुर्के नेताहुन्, अहिले उनमा त्यही देखियो।’
नेता खड्काले तोकिएकै मितिमा निर्वाचनहुने समेत विश्वास दिलाए ।
पानी पोखरीमा डुबेर बालिकाको मृत्यु
रुपन्देही– अभिभावकको लापर्वाहीका कारण रुपन्देहीमा पानी पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ४ मोहसड निवासी अलिमुल्लाह मुसलमानकी ८ बर्षीया छोरी शादिया खातुनको आज दिउँसो पानीमा डुबेर मृत्यु भएको हो ।
हनिप्रितले जेलभित्र रोएरै बिताइन् पूरा रात, पुलिसले मागे यी ६ प्रश्नको जवाफ
राम रहिमकी कथित छोरी हनिप्रितले मंगलबारको रात जेलमा गुजारिन् । पुलिसले एक भारतीय मिडियालाई दिएको जानकारी अनुसार हनिप्रितले पूरा रात रोएरै बिताइन् । उनले खाना पनि खाइनन् । हनिप्रितलाई उनको कारमा पक्राउ परेकी महिला सुखदीप कौरसँगै जेलभित्र राखियो । हनिप्रितलाई हरियाणा पुलिसले मंगलबार दिउँसो जीरकपुर–पटियाला हाइवृेबाट पक्राउ गरिएको थियो । स्मरण रहोस्, राम रहिमलाई अगस्ट २५ तारिखमा बलात्कारको केसमा सिबिआई अदालतले दोषी ठहर गरेको थियो । हनिप्रित हेलिकोप्टरमा बाबासँग रोहतक गइन्, त्यसपछि देखि उनी फरार थिए । ३९ दिन पछि हनिप्रित पहिलो पटक मंगलबार मिडियामा सार्वजनिक भइन् ।
हनिप्रितलाई कहाँ राखियो ?
पक्राउ पछि हरियाणा पुलिसले हनिप्रितलाई पंचकूलाको सेक्टर–२३ स्थित चन्डीमन्दिर पुलिस स्टेशन पुर्यायो । उनलाई पुलिसले चार घण्टासम्म सोधपुछ गर्यो ।
पुलिस स्टेशनमा कसरी गुजारिन् रात ?
चन्डीमन्दिर पुलिस स्टेशनमा सोधपुछपछि बेलुका ७ बजे उनलाई जेल पठाइयो । उनलाई एक कप चिया दिइयो । उनले चिया पिइन् र निकै बेरसम्म चुपचाप बसिन् । पुलिसले करिब साढे सात बजे हनिप्रितलाई जेल बाहिर निकाल्यो । करिब दुई घण्टा पुनः सोधपुछ गरियो । यतिबेलाको एक भिडियो सोसल मिडियामा भाइरल भयो जसमा हनिप्रितले पुलिसको प्रश्नको जवाफ दिइरहेको देख्न सकिन्छ ।
हनिप्रितले खाना खान मानिनन् र रातभरी सुतिरहिन्ः
हनिप्रितलाई करिब साढे ९ बजे पुनः जेलभित्र थुनियो । केही बेरपछि रातीको खाना दिइयो । खानामा दाल र रोटी थियो । उनले खान अस्विकार गरिन् । हनिप्रित रातभरी रोइरहिन् । हनिप्रितलाई उनीसँगै कारमा पक्राउ परेकी महिला सुखदीप कौरसँगै राखियो । सुखदीप बठिंडाकी हुन् । उनका पूरा परिवार डेरेका पुराना अनुयायी हुन् ।
राती साढे १२ बजे हनिप्रितले स्वास्थ्य ठिक नभएको बताएपछि उनलाई अस्पताल पुर्याइयो ।
हनिप्रितलाई यस्ता प्रश्न सोधिएः
के पुलिसले छापा मार्ने कुराको जानकारी पाइन्थ्यो ? हो भने को मार्फत ? यदि होइन भने बाडमेर, श्रीगंगानगर, रामसर मोडिया, उदयपुर, यूपी, दिल्ली, गुरुग्रामबाट छापा मारिनु ठिक अघि कसरी भाग्न सफल भयो ?
पंचकूलामा हिंसा भड्काउनका लागि कति पैसा पठाइयो ? मुख्य भूमिका कसको थियो ?
हिंसा भड्काउनमा गुरमितको के भूमिका छ ?
डेराको ४५ सदस्यीय कमिटिमा समावेश मानिसहरुको के भूमिका थियो ?
पवन, आदित्य इंसासँग अन्तिम पटक कहिले कुरा भयो, उनीहरु दुई कहाँ छन् ?
रोहतकको सुनारिया जेलबाट निस्किएपछि पुलिसको अगाडि किन आएन ?
हनिप्रितले पुलिसलाई के भनिन् ?
हनिप्रितसँग अन्तर्राष्ट्रिय नम्बर थियो जसको उनले प्रयोग गर्दथिन् र त्यसमार्फत नै ह्वाट्यएप कल गर्दथिन् ।
हनिप्रित २५ अगस्टदेखि नै आदित्य, पवन, रोहताशको सम्पर्कमा थिइन् । यी सबैसँग उनको ह्वाट्सएपमा कुरा हुन्थ्यो । हनिप्रितले कतै पनि साधारण कलिङको प्रयोग गरिनन् ।
गोविन्द केसीले थाले १३ औं पटक आमरण अनसन
काठमाडौं– वरिष्ठ चिकित्सक गोविन्द केसीले १३ औं पटक आमरण अनसन सुरु गरेका छन् ।
वरिष्ठ चिकित्सक केसीले संसदमा विचाराधिन चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर पारित गर्न खोजिएको भन्दै पुनः आमरण अनसन सुरु गरेका हुन् ।
यसअघि उनले दशैंको अवसर पारेर आमरण अनसन स्थगित गरेका थिए । प्रमुख तीन दलले मिलेर माफियामुखी ऐन जारी गर्न लागेकाले त्यसलाई रोक्न दशैं सकिएकै दिन विहिबार अपरान्हबाट आमरण अनसन सुरु गर्नु परेको वरिष्ठ चिकित्सक केसीले बताए ।
विहिबार आमरण अनसुन सुरु गर्नुअघि महाराजगंजस्थित शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरी उनले जनतामुखी र विद्यार्थीमुखी चिकित्सा शिक्षा ऐन ल्याउन दिइएको दवावको सरकारले सुनुवाई नगरेपछि पटक पटक आमरण अनसन बस्नु परिरहेको पनि उनले स्मरण गरे ।
वरिष्ठ चिकित्सक केसीले चिकित्सा क्षेत्रको समग्र सुधारको माग गर्दै १२ पटकसम्म आमरण अनसन बसिसकेका छन् ।
Subscribe to:
Comments (Atom)
-
काठमाडौं– नेपाली काँग्रेस जिल्ला कार्य समिति जाजरकोटले आगामी निर्वाचनका लागि पार्टीका तर्फबाट सर्वसम्मत रुपमा उम्मेदवारको ना...
-
राजपा र फोरमबीच चुनावमा तालमेल गर्ने सहमति मधेस केन्द्रीत दुई दल संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालबीच आगामी केन्द्र ...
-
राणा र लोहनी एउटै चिन्हमा चुनाव लड्ने भएपछि राजीनामाको ‘लफडा’ काठमाडौं– पशुपति शम्शेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र डा प्रक...
-
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सरकारबाट माओवादी मन्त्री बर्खास्त गरिए नयाँ सरकार गठनको दिशामा राजनीति अगाडि बढ्ने बताए...
-
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सरकारबाट माओवादी मन्त्री बर्खास्त गरिए नयाँ सरकार गठनको दिशामा राजनीति अगाडि ब...








