Thursday, October 5, 2017
गोविन्द केसीले थाले १३ औं पटक आमरण अनसन
काठमाडौं– वरिष्ठ चिकित्सक गोविन्द केसीले १३ औं पटक आमरण अनसन सुरु गरेका छन् ।
वरिष्ठ चिकित्सक केसीले संसदमा विचाराधिन चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर पारित गर्न खोजिएको भन्दै पुनः आमरण अनसन सुरु गरेका हुन् ।
यसअघि उनले दशैंको अवसर पारेर आमरण अनसन स्थगित गरेका थिए । प्रमुख तीन दलले मिलेर माफियामुखी ऐन जारी गर्न लागेकाले त्यसलाई रोक्न दशैं सकिएकै दिन विहिबार अपरान्हबाट आमरण अनसन सुरु गर्नु परेको वरिष्ठ चिकित्सक केसीले बताए ।
विहिबार आमरण अनसुन सुरु गर्नुअघि महाराजगंजस्थित शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरी उनले जनतामुखी र विद्यार्थीमुखी चिकित्सा शिक्षा ऐन ल्याउन दिइएको दवावको सरकारले सुनुवाई नगरेपछि पटक पटक आमरण अनसन बस्नु परिरहेको पनि उनले स्मरण गरे ।
वरिष्ठ चिकित्सक केसीले चिकित्सा क्षेत्रको समग्र सुधारको माग गर्दै १२ पटकसम्म आमरण अनसन बसिसकेका छन् ।
Subscribe to:
Post Comments (Atom)
-
काठमाडौं– नेपाली काँग्रेस जिल्ला कार्य समिति जाजरकोटले आगामी निर्वाचनका लागि पार्टीका तर्फबाट सर्वसम्मत रुपमा उम्मेदवारको ना...
-
राजपा र फोरमबीच चुनावमा तालमेल गर्ने सहमति मधेस केन्द्रीत दुई दल संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालबीच आगामी केन्द्र ...
-
राणा र लोहनी एउटै चिन्हमा चुनाव लड्ने भएपछि राजीनामाको ‘लफडा’ काठमाडौं– पशुपति शम्शेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र डा प्रक...
-
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सरकारबाट माओवादी मन्त्री बर्खास्त गरिए नयाँ सरकार गठनको दिशामा राजनीति अगाडि बढ्ने बताए...
-
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सरकारबाट माओवादी मन्त्री बर्खास्त गरिए नयाँ सरकार गठनको दिशामा राजनीति अगाडि ब...

No comments:
Post a Comment