राम रहिमकी कथित छोरी हनिप्रितले मंगलबारको रात जेलमा गुजारिन् । पुलिसले एक भारतीय मिडियालाई दिएको जानकारी अनुसार हनिप्रितले पूरा रात रोएरै बिताइन् । उनले खाना पनि खाइनन् । हनिप्रितलाई उनको कारमा पक्राउ परेकी महिला सुखदीप कौरसँगै जेलभित्र राखियो । हनिप्रितलाई हरियाणा पुलिसले मंगलबार दिउँसो जीरकपुर–पटियाला हाइवृेबाट पक्राउ गरिएको थियो । स्मरण रहोस्, राम रहिमलाई अगस्ट २५ तारिखमा बलात्कारको केसमा सिबिआई अदालतले दोषी ठहर गरेको थियो । हनिप्रित हेलिकोप्टरमा बाबासँग रोहतक गइन्, त्यसपछि देखि उनी फरार थिए । ३९ दिन पछि हनिप्रित पहिलो पटक मंगलबार मिडियामा सार्वजनिक भइन् ।
हनिप्रितलाई कहाँ राखियो ?
पक्राउ पछि हरियाणा पुलिसले हनिप्रितलाई पंचकूलाको सेक्टर–२३ स्थित चन्डीमन्दिर पुलिस स्टेशन पुर्यायो । उनलाई पुलिसले चार घण्टासम्म सोधपुछ गर्यो ।
पुलिस स्टेशनमा कसरी गुजारिन् रात ?
चन्डीमन्दिर पुलिस स्टेशनमा सोधपुछपछि बेलुका ७ बजे उनलाई जेल पठाइयो । उनलाई एक कप चिया दिइयो । उनले चिया पिइन् र निकै बेरसम्म चुपचाप बसिन् । पुलिसले करिब साढे सात बजे हनिप्रितलाई जेल बाहिर निकाल्यो । करिब दुई घण्टा पुनः सोधपुछ गरियो । यतिबेलाको एक भिडियो सोसल मिडियामा भाइरल भयो जसमा हनिप्रितले पुलिसको प्रश्नको जवाफ दिइरहेको देख्न सकिन्छ ।
हनिप्रितले खाना खान मानिनन् र रातभरी सुतिरहिन्ः
हनिप्रितलाई करिब साढे ९ बजे पुनः जेलभित्र थुनियो । केही बेरपछि रातीको खाना दिइयो । खानामा दाल र रोटी थियो । उनले खान अस्विकार गरिन् । हनिप्रित रातभरी रोइरहिन् । हनिप्रितलाई उनीसँगै कारमा पक्राउ परेकी महिला सुखदीप कौरसँगै राखियो । सुखदीप बठिंडाकी हुन् । उनका पूरा परिवार डेरेका पुराना अनुयायी हुन् ।
राती साढे १२ बजे हनिप्रितले स्वास्थ्य ठिक नभएको बताएपछि उनलाई अस्पताल पुर्याइयो ।
हनिप्रितलाई यस्ता प्रश्न सोधिएः
के पुलिसले छापा मार्ने कुराको जानकारी पाइन्थ्यो ? हो भने को मार्फत ? यदि होइन भने बाडमेर, श्रीगंगानगर, रामसर मोडिया, उदयपुर, यूपी, दिल्ली, गुरुग्रामबाट छापा मारिनु ठिक अघि कसरी भाग्न सफल भयो ?
पंचकूलामा हिंसा भड्काउनका लागि कति पैसा पठाइयो ? मुख्य भूमिका कसको थियो ?
हिंसा भड्काउनमा गुरमितको के भूमिका छ ?
डेराको ४५ सदस्यीय कमिटिमा समावेश मानिसहरुको के भूमिका थियो ?
पवन, आदित्य इंसासँग अन्तिम पटक कहिले कुरा भयो, उनीहरु दुई कहाँ छन् ?
रोहतकको सुनारिया जेलबाट निस्किएपछि पुलिसको अगाडि किन आएन ?
हनिप्रितले पुलिसलाई के भनिन् ?
हनिप्रितसँग अन्तर्राष्ट्रिय नम्बर थियो जसको उनले प्रयोग गर्दथिन् र त्यसमार्फत नै ह्वाट्यएप कल गर्दथिन् ।
हनिप्रित २५ अगस्टदेखि नै आदित्य, पवन, रोहताशको सम्पर्कमा थिइन् । यी सबैसँग उनको ह्वाट्सएपमा कुरा हुन्थ्यो । हनिप्रितले कतै पनि साधारण कलिङको प्रयोग गरिनन् ।

No comments:
Post a Comment