Thursday, October 5, 2017

राणा र लोहनी एउटै चिन्हमा चुनाव लड्ने भएपछि राजीनामाको ‘लफडा’

राणा र लोहनी एउटै चिन्हमा चुनाव लड्ने भएपछि राजीनामाको ‘लफडा’


काठमाडौं– पशुपति शम्शेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र डा प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादी आगामी निर्वाचनमा एउटै चिन्हमा चुनाव लड्ने सहमतिको डा लोहनीका पार्टीका केहि पदाधिकारीले विरोध गरेका छन् । उनिहरुले पार्टीभित्र कुनै छलफल नै नगरी अध्यक्ष लोहनीले राणाको पार्टीसँग एउटै चिन्हमा चुनाव लड्ने निर्णय गरेको भन्दै त्यसको विरोध गरेका हुन् । एकीकृत राप्रपा राष्ट्रबादीका महामन्त्री श्याम तिमल्सिनाले अध्यक्षले आफुखुसी त्यस्तो निर्णय गरेकाले पार्टीबाट अधिकांश पदाधिकारीले राजिनामा दिने मनस्थिति बनाएको बताए । 
उपाध्यक्ष तारानाथ लुइटेलले गणतन्त्रबादी राप्रपा प्रजातान्त्रिक र राजसंस्थाबादी राप्रपा राष्ट्रवादी एकीकृत एउटै चुनाव चिन्हमा चुनाव लड्नु नहुने भन्दै यदि त्यस्तो भए आफुसहित महामन्त्री श्याम तिमिल्सिना, महामन्त्री तीर्थ श्रेष्ठ ,बरिष्ठ उपाध्यक्ष गणेश शेरचन, सहमहामन्त्री कैलाश गुरुङ र नवराज दाहाल, संसदीय समितिको सदस्य सचिव कर्णप्रखर धिताल, केन्द्रीय सदस्य लगायतले राजिनामा दिने तयारी गरेको बताए । उपाध्यक्ष लुइटेलले पार्टी एक्लै चुनाव लड्न सक्षम हुँदाहुदै गणतन्त्रबादीसँग घाटी जोडेर त्यसरी तालमेल गरिनु गलत भएको बताए । 
सो पार्टीका अध्यक्ष लोहनी र प्रजातान्त्रिकका अध्यक्ष राणाले गोलाकारभित्रको हलो चिन्हमा चुनाव लड्न गरेको व्यक्तिगत निर्णय मान्न पार्टी बाध्य नहुने पनि उपाध्यक्ष लुइटेलले बताए । 

No comments:

Post a Comment