Thursday, October 5, 2017

काग्रेस म्यादीद्धारा उम्मेद्वार सिफारिस, एमाले छान्दै


म्याग्दी–मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लागि नेपाली काग्रेस म्याग्दीले उम्मेद्वारी सिफारिस गरेको छ । उम्मेद्वार बन्न चाहनेहरुको नामावाली संकलन गरि कांग्रेस जिल्ला कार्यसमितिको बैठकबाट उम्मेद्वारहरु टुङ्गो लगाएको थियो  । काग्रेस म्याग्दीले प्रतिनिधि सभामा प्रत्यक्षतर्फको उम्मेद्वारमा पाटी सभापति खम्बीर गर्वुजा र युवा नेता अमृतमान शेरचन नाम सिफारिस गरेको  छ । 
यसैगरि प्रदेशसभामा निर्वाचन क्षेत्र नम्वर १ बाट प्रत्यक्षमा रेशमबहादुर बानियाँ, नेत्र बहादुर महत र केबी भण्डारीलाई सिफारिस गरिएको छ । क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फको उम्मेद्वारमा क्याप्टेन अमलाल फगामीको एक्लो नाम सिफारिस गरिएको कांगँेस म्याग्दीका सभापति खम्वीर गर्वुजाले जानकारी दिए । 
काग्रेस म्याग्दीले प्रतिनिधि सभाको समानुपातिक तर्फ क्याप्टेन मिनबहादुर कार्की, बिमला गौचन, त्रिलोकचन्द्र विश्वासको नाम सिफारिस भएको छ । भने प्रदेशतर्फ क्षेत्र नम्बर १ को  समानुपातिकमा मुकुन छन्त्याल, मनकुमारी विश्कर्मा र रविन्द्र गर्बुजाको नाम सिफारिस गरेको छ। क्षेत्र नम्बर २बाट समानुपातिक तर्फमा तमबहादुर  थापा, डिलबहादुर केसी, दिर्घबहादुर सुनार, कमरा पटेल, उदिमबहादुर पुनको नाम केन्द्रमा पठाएको छ । यसैबिच जिल्लाबाट नेकपा माओवादी केन्द्रले प्रतिनिधि र प्रदेश सभाको लागि प्रत्यक्ष र समानुपातिक तर्फका सम्भावित उम्मेद्वारको नामावाली सिफारिस गरेको छ। भने नेकपा एमालेले उम्मेद्वार टुंगो लगाउन जिल्ला कमिटिको बैठक आजदेखि बेनीमा सुरु भएको छ ।

No comments:

Post a Comment